images
images

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

  • ७ माघ २०७८, शुक्रबार ०५:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको हो । कोरोना महामारी र सरकारको ६ महिनाको काम कारबाहीबारे देउवाले सम्बोधन गर्ने सचिवालय स्रोतले बताएको छ । गत असार २९ गते देउवा प्रधानमन्त्री हुनुभएको थियो ।

पाँच दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।