images
images

कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

  • ७ माघ २०७८, शुक्रबार ०९:५३

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमण जोखिम बढ्दै गएको भन्दै १६ जिल्लाको अधिवेशन स्थगित भएको जानकारी गराएको हो । कांग्रेसले माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्काे सुचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशन हुन बाँकी छ ।