images
images

भिजिट भिसामा खाडी मुलुक जान रोक

  • ७ माघ २०७८, शुक्रबार १२:५२

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको हो । माघ १० गतेबाट लागू हुने गरी पर्यटक भिसामा जान रोक लगाइएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । सो निर्णय अर्काे आदेश जारी नभएसम्मका लागि कायम रहनेछ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि भिजिट भिसाबाट खाडी छिर्ने क्रम बढिरहेको छ ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति