images
images

स्थानीय तह निर्बाचनबारे कानुनी परामर्श गर्ने उच्चस्तरीय समितिको निर्णय

  • ७ माघ २०७८, शुक्रबार १३:५६

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । स्थानयि तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञरमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । सत्ता गठबन्धनको बैठकमा निर्वाचनबारे विभिन्न विभिन्न प्रस्तावमाथि छलफल भएको यो विषयमा गठबन्धनको तर्फबाट कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय भएको हो । संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने सञ्चचारमन्त्री कार्की जानकारी दिनुभयो ।