images
images

गृह मन्त्रालयद्धारा ४२ जना सिडिओको काज सरुवा, दोलखामा पौड्याल आउने

  • ७ माघ २०७९, शनिबार ०६:४२

दोलखा । सरकारले ४२ जना जना प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारीको सरुवा गरेको छ ।

गृहमन्त्रालयले दोलखा सहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी सहित ७० जनाको काज सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णय अनुसार राजपत्रांकित प्रथम श्रेणाीका ४९ जना प्रजिअ, सहायक प्रजिअ लगायतका कर्मचारी र राजपत्रांकित द्धितिय श्रेणाीका ९ जना प्रमुख जिल्ला अधिकारी, ५ जना सहायक प्रमुख जिल्ला अधिकारी र ६ जना उपसचिवको सरुवा भएको छ । जसअनुसार प्रथम श्रेणीमा रहेका दोलखाका प्रमुख जिल्ला अधिकारी भोजबहादुर खतिवडाको सिरहामा सरुवा भएको छ । दोलखामा गृहमन्त्रालयबाट उप-सचिव शेखर पौड्याल आउने भएका छन् । यस्तै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सुनसरीमा सरुवा भएको छ भने चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तमाङको गृहमन्त्रालयमा सरुवा भएको छ ।

यस्तै सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा पठाइएको छ भने भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । प्राप्त विवरण अनुसार राजपत्रांकित द्धितिय श्रेणीका महेश कुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको छ ।