images
images

दोलखा कानून व्यवसायी समाज गठनः अध्यक्षमा पोखरेल, सचिवमा प्रधान

  • ७ माघ २०७९, शनिबार १८:०९

काठमाडौं । काठमाडौं उपत्यकामा रहेर कानूनी सेवा दिँदै आएका दोलखाका कानून व्यवसायीहरुले समाज गठन गरेका छन् ।

आज काठमाडौंमा आयोजना गरिएको दोलखाली कानून व्यवसायीहरुको भेलाले दोलखा कानून समाज गठन गरेका हुन् । समाजको अध्यक्षमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल चयन भएका छन् भने उपाध्यक्षमा सहदेव पाण्डे, सचिवमा प्रविण प्रधान र कोषाध्यक्षमा बबिता कार्कीले जिम्मेवारी पाएका छन् । समाजको सदस्यहरुमा खड्गवहादुर बुढाथोकी, बिष्णुकुमार थोकर, मानवहादुर लामिछाने, बिस्वपुरुष भण्डारी, नविन कार्की, भरत घिमिरे, मनिष पाण्डे, भद्रमाया दहाल र बिनु अधिकारी रहेका छन् ।

नेपाल वार एसोसिएन दोलखा वार इकाईले आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री डा. बिमला राई पौडेल, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, दोलखावाट प्रतिनिधिसभा निर्वाचित सांसद गंगा कार्की, बागमती प्रदेशसभाका साँसदहरु कुन्दनराज काफ्ले, भरत केसी र उर्मिला सुनुवार, जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख डवल पाण्डे लगायतको सहभागिता थियो । नेपाल वार एसोसिएसन दोलखाका अध्यक्ष सरोज उप्रेतीको अध्यक्षतामा भएको भेलामा दोलखाका कानून व्यवसायीहरुको सहभागिता थियो ।

भेलामा नेपाल वार एसोसिएसन दोलखा वार इकाईको भवन निर्माणका बिषयमा पनि छलफल भएको समाजका सचिव प्रविण प्रधानले जानकारी दिनुभयो ।