
जिरी (दोलखा) । दोलखाको सुनखानीमा जिप दुुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
कालिञ्चोक गाउँपालिका ८ स्थित सोतीमा ३६९८ नम्बरको योद्धा जिप दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । आज बेलुकी सिंगटीबाट जिल्ला सदरमुकाम चरिकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार सबै सामान्य घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा लगिएको छ ।