images
images

उमाकुण्डमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

  • ७ माघ २०७९, शनिबार १९:३७

जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बा ११ ज ५९३५ नम्बरको सिङगल क्यापको बोलेरो उमाकुण्ड ७ भुजीमा आज दुर्घटना हुँदा चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका ज्यामिरेका ३५ वर्षीय नारायण बहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो । भुजीबाट काठमाडौंतर्फ जाने क्रममा बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको रामेछापका डिएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।