images
images

यो वर्षको एसईई परिक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने

  • ७ माघ २०८०, आईतवार २०:४८

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो मितिमा एसईई सञ्चालन गर्ने निर्णय गरेको हो । चैत ११ र १२ गते होली पर्व रहेकोले होलीपछि परीक्षा गर्न लागिएको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभयो । बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।