
जिरी(दोलखा) । पूर्वाधार विकास कार्यालय चरिकोट दोलखाले चालु आर्थिक वर्ष जिल्लाभर १ सय ३३ वटा योजना सञ्चालन गर्दैछ ।
बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय चरिकोट अन्तर्गत केही वहुवर्षीय सहित दोलखामा १ सय ३३ वटा योजना सञ्चालन गर्न लागेको हो । उक्त कार्यालयले जिल्लाको विभिन्न स्थानमा ६ बहुवर्षीय सडक र ३ वहुवर्षीय पुल तथा ६४ वटा योजना ठेक्का मार्फत र ६० वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने जनाएको छ । साना ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चालन हुने १२४ वटा योजनाहरु छन् । जसमध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा २० र सबै भन्दा कम गौरीशंकर गाउँपालिकामा ६ वटा योजना सञ्चालन हुँदैछन् ।
यसैगरी, बैतेश्वर गाउँपालिकामा २१, जिरी नगरपालिकामा १८, कालिञ्चोक, तामाकोशी र मेलुङ गाउँपालिकामा १३/१३ वटा र विगु गाउँपालिकामा ११, शैलुङ गाउँपालिकामा ९ वटा योजना सञ्चालन गरी सम्पन्न गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष न्युनतम १० लाखदेखि ५० लाख सम्मका योजनाहरु सञ्चालनमा रहेपनि ठूला बजेटका मूख्य ५ वहुवर्षीय योजनाहरु पनि सञ्चालन हुँदै छन् ।
८ करोडको मुडे- बाखोर- कालापानी सडक, ७ करोडको सिताकोथान- जुगु- झ्याँकु गाउँपालिका जोड्ने सडक, ६ करोडको सिंगटी- लादुक- बुलुङ – लामाबगर सडक, ४ करोडको चरिकोट- कालिञ्चोक टुःटुवान विगु (देउराली कुरी सेक्सन) र सितली – मेलुङमाने- बुद्धचोक सडक उक्त कार्यालय बाट सञ्चालन हुने मुख्य सडक योजनाहरु हुन् । चालु आर्थिक वर्ष पूर्वाधार विकास कार्यालय चरिकोटले दोलखामा कुल ६३ करोड ९० लाख बजेटको योजना सञ्चालन गर्नेछ ।
८ करोडको मुडे- बाखोर- कालापानी सडक, ७ करोडको सिताकोथान- जुगु- झ्याँकु गाउँपालिका जोड्ने सडक, ६ करोडको सिंगटी- लादुक- बुलुङ – लामाबगर सडक, ४ करोडको चरिकोट- कालिञ्चोक टुःटुवान विगु (देउराली कुरी सेक्सन) र १ लाखको सितली – मेलुङमाने- बुद्धचोक सडक उक्त कार्यालय बाट सञ्चालन हुने मुख्य सडक योजनाहरु हुन् ।
पूर्वाधार विकास कार्यालयले दिएको जानकारी अनुसार उक्त कार्यालय मार्फत सञ्चालन हुने कतिपय योजनाहरु सम्झौता भएर कार्यान्वयको चरणमा छन् । बहुवर्षीय योजनाहरुको काम भैरहेको र साना ठेक्काको योजनाहरुको बोलपत्रपछि मूल्यांकन गरिरहेको तथा अबको केही समयभित्रै उपभोक्ता समिति मार्फत सञ्चालन हुने सबै योजनाको सम्झौता गरिसक्ने पूर्वाधार विकास कार्यालय चरिकोटका सूचना अधिकारी टंकप्रसाद तिवारीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष पूर्वाधार विकास कार्यालय चरिकोटले दोलखामा कुल ६३ करोड ९० लाख बजेटको योजना सञ्चालन गर्नेछ । जसमा १५ करोड २८ लाखको ठेक्का र ६ करोडको योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुनेछन् ।
विनियोजित बजेटमध्ये सहरी तथा स्थानीय सडकको लागि २२ करोड ८ लाख, प्रादेशिक मार्गको लागि १७ करोड ५१ लाख, प्रादेशिक लोकमार्गको लागि १४ करोड ५१ लाख, मर्मत अन्य पूर्वाधारका लागि २ करोड र सडक तथा पुलमा ७ करोड ८० लाख खर्च हुने पूर्वाधार विकास कार्यालयले जनाएकोे छ ।