images
images

सिन्धुलीमा भरुवा बन्दुक पड्कीएर एक युवकको मृत्यु

  • ९ फाल्गुन २०७८, सोमबार १३:१२

सिन्धुली । सिन्धुलीमा भरुवा बन्दुक पड्कीँदा एक युवकको मृत्यु भएको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर ९ बोकेलप्सीका २२ वर्षिय पुनी साईला भनिने दिल बहादुर केप्छाकीको भरुवा बन्दुक पड्कीएर मृत्यु भएको हो । घर नजिकैको जंगलमा राखिएको भरुवा बन्दुक पड्कीएर उनको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) मनोज कुमार लामाले जानकारी दिनुभयो । यद्यपी उनको मृत्युको एकिन कारण भने खुलेको छैन ।

मृतक केप्छाकीको शव हाल घटनास्थलमै रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।