images
images

एक किलो सालकको खपटा सहित दुई पुरुष पक्राउ

  • ९ फाल्गुन २०७८, सोमबार १४:४२

काठमाडौं । सिन्धुपाल्चोकका एक सहित दुई पुरुष सालकको खपटा सहित पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका वडा नम्बर २ का २४ वर्षिय शेरबहादुर तमाङ र काठमाडौंका १९ वर्षिय मानबहादुर तमाङलाई प्रहरीले एक किलो सालकको खपटा सहित पक्राउ गरेको हो । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना ८ ख ८४२९ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा राखेर ल्याइएको एक किलो सालकको खपटा सहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।