images
images

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिमा ७ जनालाई मनोनित गरिने

  • ९ फाल्गुन २०७८, सोमबार १५:१८

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकमा हिजो सम्पन्न दोस्रो बैठकले प्रदेश सभापतिमा पराजित जगदीश्वरनरसिंह सहित सहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको हो । केसीसहित लामा कर्पु तामाङ, बलबहादुर नेपाली, कल्पना खड्का, मसिना खड्का भण्डारी, दीर्घमान श्रेष्ठ र दीपेन्द्र आचार्यलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

यस्तै, बैठकले एमसिसीका सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आम जनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी जिल्लामार्फत् स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय पनि गरेको सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।