images
images

एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रिट पेश

  • ९ फाल्गुन २०७८, सोमबार १७:४४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसि विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

प्रतिनिधिसभाको बैठकमा पेश भएको एमसिसि सम्झौता अघि नबढाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले रिट निवेदन दर्ता गराउनुभएको हो । रिट निवेदनमा डा.भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउन माग गर्नुभएको छ ।

उहाँले एमसीसी सम्बन्धी अहिलेसम्म अघि बढाइएका काम समेत बदर गर्न माग गर्नुभएको छ भने रिटमा एमसीसी सम्झौता सन्धिको श्रेणाीमा नपर्ने दावि समेत गरिएको छ ।