सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने दावी गर्नुभएको छ ।
प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गर्नुभयो । राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्रमुख भूमिका रहने भएकोले आफुहरुले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका जानकारी दिनुभयो । दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उहाँले बताउनुभयो ।