काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आवहान गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै सर्वेक्षक भर्नाका लागि दरखास्त आवहान गरेको हो । आयोगले ९७ नापी प्राविधिकहरु करार सेवामा भर्ना गर्न लागिएको जानकारी गराएको छ । नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामति सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
यस्तै आवेदन दिन अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने भएको छ । न्यूनतम योग्यता पुगेका इच्छुक नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्ने भएको आयोगले जनाएको छ ।










