काठमाडौँ । काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
घटनाका बारेमा बिस्तृत विवरण आउन वाँकी छ ।










