images
images

तातोपानी भन्सार नाकाबाट ७ महिनामा २७ अर्ब २५ करोडको वस्तु आयात, निर्यात शुन्य

काठमाडौँ । चालु आर्थिक वर्ष सिन्धुपाल्चोकस्थित तातोपानी नाकासहित १० भन्सार विन्दुबाट निर्यात शुन्य भएको छ ।

चालु वर्ष गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि चोभार सुख्खा बन्दरगाहसम्मका भन्सार विन्दु शुन्य निर्यात हुने भन्सारमा परेका हुन् । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट पनि निर्यात शुन्य रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउनदेखि माघसम्म) को अवधिमा तातोपानी नाकाबाट २७ अर्ब २५ करोड ९१ लाख बराबरको सामान आयात भएको भन्सार विभागले जनाएको छ । तर, यो अवधिमा सो नाका हुँदै कुनै पनि वस्तु निर्यात हुन नसकेको हो ।

यसैगरी, जनकपुर भन्सार, महेशपुर, राजविराज, सुनसरी, सुथौली तथा त्रिवेणी र थाडी भन्सार विन्दुबाट पनि निर्यात शुन्य छ ।

चालु वर्षको ७ महिनाको अवधिमा नेपालबाट कुल १ खर्ब २७ अर्ब २० करोड बराबरको सामान निर्यात भएको छ । नेपालका भन्सार विन्दुमध्य सबैभन्दा बढि वीरगञ्जबाट निर्यात भएको छ । सो भन्सारबाट ४० अर्ब ३४ करोड बराबरको वस्तु निर्यात भएको हो । जुन कुल निर्यातको ३१.७२ प्रतिशत रहेको छ ।