भक्तपुर । नेपालमा निर्वाचनको मिति नजिकिदै गर्दा सामाजिक सञ्जालमा नक्कली अकाउन्टहरु सक्रिय हुन थालेका छन् भने समाजमा भ्रमपूर्ण सूचनाहरु पनि छरिन थालेको छ ।
सााजिक सञ्जालका माध्यमवाट गलत र भ्रमपूर्ण सूचनाहरुलाई पहिचान गर्न सकिएन भने स्वयं व्यक्ति पनि भ्रमित हुने खतरा बढेको छ । फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूले हामीलाई विश्वसँग जोड्न छन् । तर, यी प्लेटफर्महरूमा नक्कली अकाउन्टहरूको संख्या ह्वात्तै बढेको छ ।
गलत सूचनाले भ्रमित हुने वा ठगिने खतरा
यस्ता फेक अकाउन्टहरूबाट ठगी हुने, मिथ्या जानकारी फैलाउने वा व्यक्तिगत विवरण चोरी गर्ने जस्ता जोखिमहरू हुन्छन् । त्यसैले सामाजिक सञ्जालमा आधिकारिक एकाउन्टहरुको पहिचान गर्न जरुरी छ । नत्र, जुनसुकै व्यक्ति कुनैपनि समय गलत सूचनाले भ्रमित हुन वा ठगिन सक्छ ।
यसकालागि आधिकारिक अकाउन्टहरुको पहिचान गर्न जरुरी छ । सामाजिक सञ्जालका आधिकारिक अकाउन्टहरूमा सामान्यतया नीलो वा हरियो चिन्ह हुन्छ ।
यसरी पहिचान गरौं ‘फेक अकाउन्ट’
त्यसमार्फत हामीले उक्त अकाउन्ट वास्तविक र आधिकारिक हुन् भन्ने विश्वास गर्न सक्छौं । यदि यस्तो चिन्ह छैन र त्यस्तै देखिने गरी इमोजीहरू प्रयोग गरिएका छन्न् भने ती नक्कली हुने सम्भावना बढी हुन्छ ।
प्रोफाइल फोटोमा यदि वास्तविक मान्छेको फोटो छैन भने सर्तक हुनुपर्छ । कतिपय वास्तविक अकाउन्टमा व्यक्तिको फोटो नराखेर अन्य फोटोहरू पनि राखिरहेका पाइन्छ ।
यदि बायो अर्थात व्यक्तिगत जानकारी अधुरो वा सामान्य छ । त्यसमा नाम, पेशा, स्थान जस्ता विवरणहरू स्पष्ट खुलाएको छैन भने ती नक्कली हुन सक्छन् ।
प्राविधिक पक्ष यसरी जाँचौं
नक्कली अकाउन्टहरुले धेरैलाई फलो गरेको हुन्छ तर, उनीहरुको फलोअर्सको संख्या कम हुन्छ । यदि फलोअर बढी भएपनि इङगेजमेन्ट, लाइक, कमेन्ट अत्यन्तै न्यून छ भने त्यो पनि नक्कली अकाउन्टनको संकेत हो ।
यदि हजारौं फलोअरहरू छन् तर, पोस्टहरूमा कुनै कमेन्ट वा लाइक छैन वा कमेन्टमा इमोजीहरू मात्र छन् अनि कमेन्ट पोस्टसँग सम्बन्धित छैन भने पनि त्यो नक्कली अकाउन्ट हुन सक्छ ।
हिज्जे र व्याकरण प्रयोगलाई हेरौं
अकाउन्टमार्फत गरिएका पोस्टहरूमा हिज्जे, व्याकरण गलत छन् वा स्टक इमेज, मिमहरू मात्र शेयर गरिएका छन् भने पनि नक्कली अकाउन्ट हुन सक्ने सम्भावना हुन्छ ।
यस्तै, अकाउन्ट बनाएको मिति नयाँ छ तर पोस्टहरू धेरै छन् भने पनि सतर्क हुनुपर्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गलत यानेकी फेक अकाउन्टहरुको पहिचान गर्न सकेमा मिथ्या, भ्रमपूर्ण सूचनाको शिकार बन्न र ठगिनवाट बच्न सकिन्छ ।



हाम्रो अपडेट 






