images
images

जिरीमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर

  • ७ चैत्र २०७८, सोमबार ०८:२१

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिरी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी धमाधम नेकपा माओवादी केन्द्र प्रवेश गरिरहेका हुन् । नेकपा माओवादी केन्द्रको जिरी नगर अधिवेशन भएयता पटक–पटक विभिन्न कार्यक्रमकाबीच अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या बढ्दो छ । हिजो आइतबार मात्रै जिरी नगरपालिका ३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमाले पार्टी परित्याग गरी ७ जना माओवादी केन्द्र प्रवेश गरेका छन् । आज जिरी ३ का डबल तामाङ, भिमबहादुर तामाङ, कमल बस्नेत, नारायण बस्नेत, घनस्याम पोखरेल, मिन बहादुर खड्का र डम्बर बहादुर खड्का लगायत नेकपा एमाले छाडेर माओवादी केन्द्र गएका हुन् ।

उनीहरुलाई पार्टीमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नविन जिरेल र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पा लगायतका नेताहरुले स्वागत गरेका थिए । पछिल्लो तीन महिनायता अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेक्रम जारी रहेको जिरी नगर कमिटीका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही समययता जिरी १ बाट ५५ जना, वडा २ बाट ३५ जना, ३ बाट ४२ जना, ४ बाट ३७ जना माओवादी प्रवेश गरेका छन् । वडा नम्बर ४ बाट माओवादी प्रवेश गर्नेमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका निमपासाङ शेर्पा सहित ३७ जना रहेका छन् ।

नेकपा माओवादी केन्द्रको जिरी नगर अधिवेशन भएयता पटक–पटक विभिन्न कार्यक्रमकाबीच अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या बढ्दो छ । पछिल्लो तीन महिनायता अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेक्रम जारी रहेको जिरी नगर कमिटीका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार वडा नम्बर ९ स्थित ओलीकाप्छी टोलका ८६ घरधुरीनै एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी प्रवेश गर्नेमा ८० प्रतिशत एमाले त्याग गरेकाहरु रहेको नगरकमिटी अध्यक्ष शेर्पाले बताउनुभयो ।

यस्तै, वडा नम्बर ७ बाट एमाले परित्याग गरी एमाले जिरी नगरकमिटीका सदस्य समेत रहेका नुर्व शेर्पा लगायत ७० जना माओवादी प्रवेश गरेका थिए । वडा नम्बर ८ मा नेपाली कांग्रेस, राप्रपा, एमाले लगायत पार्टीबाट २ सयले माओवादी रोजेका छन् । जिरी ८ मा यसअघि राप्रपाबाट वडाध्यक्षको उम्मेदवार बनेका मिन्दे तामाङ, एमालेका निर्वाचित वडा सदस्य एवम् कार्यवाहक अध्यक्ष पेमा दोर्जे शेर्पा सहितले माओवादी रोजेका हुन् । अध्यक्ष शेर्पाका अनुसार वडा नम्बर ९ स्थित ओलीकाप्छी टोलका ८६ घरधुरीनै एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् । अन्य बाँकी वडाहरुमा पनि पार्टी प्रवेशको कार्यक्रम रहेको माओवादी जिरी नगरकमिटीले जनाएको छ । माओवादी प्रवेश गर्नेमा ८० प्रतिशत एमाले त्याग गरेकाहरु रहेको नगरकमिटी अध्यक्ष शेर्पाले बताउनुभयो ।

यस्तै, केही समय अघि मात्रै नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको कार्यालय उद्घाटन भएकोमा अहिले जिरीको ८ वटा वडामा पनि वडा पार्टी कार्यालय उद्घाटन भइसकेको छ । नगरकमिटी अध्यक्ष शेर्पाका अनुसार वडा नम्बर ५ को बाहेक सबै वडामा वडा पार्टी कार्यालय स्थापना भइसकेको र ५ नम्बर वडामा पनि ९ गर्ने उद्घाटनको कार्यक्रम रहेको छ ।