images
images

पहाडमा ठोक्किएर १३३ जना यात्रु बोकेको विमान दुर्घटना

  • ७ चैत्र २०७८, सोमबार १४:४८

काठमाडौं । चीनमा १ सय ३३ जना यात्रु सवार विमान दुर्घटना भएको छ ।

चाइना इस्र्टन बोइङ ७३७ जहाज चीनको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । चीनको ग्वाङजी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर विमान दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने विवरण आइसकेको छैन ।

कुन्मिङ चाइन्सुई विमानस्थलबाट छुटेको सो विमान दक्षिणी चीनको युनान प्रान्तमा अवतरण हुने तालिका थियो । विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका छन् । अहिले दुर्घटनास्थलमा उद्धार टोली खटिएको छ । पहाडमा बिमान खसेपछि आगो लागेका तििस्वरहरु चिनियाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।