images
images

एमालेले यस्तो बनायो उम्मेदवार छनोट मापदण्ड

  • ७ चैत्र २०७८, सोमबार १६:०७

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।

एमालेले उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै आज मापदण्ड बनाएको हो । उपमहासचिव एवम् प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा कामको मुल्यांकन हुनेछ । यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पु¥याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समावेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ । एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ ।

पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटिले निर्णय गर्नेछ । महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटिले गर्नेछ । यसैबीच, नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ । एमाले पोलिटव्युरोको आज बसेको बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।