images
images

सिन्धुलीका वडाध्यक्षको हृदयघातका कारण मृत्यु

  • ७ चैत्र २०७८, सोमबार १७:४९

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुर्साङ लामाको मृत्यु भएको हो । लामाको ४३ वर्षको उमेरमा हृद्धयघातका कारण आज दिउँसो मृत्यु भएको हो । वडा कार्यालयमा कार्य सम्पादनकै क्रममा हृदयघात हुदाँ लामा बेहोस भएर लडेका थिए । बसिरहेको कुर्सीबाट बेहोस भएर लडेका लामाको कार्यकक्षमै मृत्यु भएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

वडाध्यक्ष लामाको मृत्यु भएपछि गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसेको छ । बैठकले गाउँपालिकामा शोक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष बम्जनले जानकारी दिनुभयो । लामा २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचन भएका थिए ।

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ स्थित गागन बजारमा मोटरसाइकल दुर्घटना हुदाँ मोरङका २२ वर्षिया अभिशेक भट्टराईको मृत्यु भएको हो । आज दिउँसो भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ५००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ भट्टराई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको चन्दनपुर ओमसाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी निरीक्षक बुद्धिमान तमाङले जानकारी दिनुभयो ।