images
images

सिन्धुलीमा कारको ठक्करबाट बालिकाको मृत्यु

  • ७ चैत्र २०७९, मंगलवार १३:४८

सिन्धुली । सिन्धुलीमा कारको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका ९ का गोपाल गुवाजुको १० बर्षिया छोरी विपासा गुवाजु रहेकी छन् । विपासालाई बाटो काट्ने क्रममा सिन्धुलीबाट कटारीतर्फ जाँदै गरेको बा १५ च ९२३८ नम्बरको कारले ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी थिईन् । घाईते उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि न्युरो अस्पताल वासबारीमा पठाईएकोमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । यही चैत ४ गते सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ कोरुङखोला स्थित मदन भण्डारी लोकमार्गमा ती बालिकालाई कारले ठक्कर दिएको थियो । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।