images
images

चिसोले दोलखा सहित देशभरको जनजीवन प्रभावित, भोलीदेखि मौसममा सुधार आउने मौसमविदको भनाई

  • ७ चैत्र २०७९, मंगलवार १७:१२

जिरी (दोलखा) । भोलीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भएपनि भोलीदेखि भने मौसममा सुधार आउने मौसमविदले बताएका हुन् । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यो बेला देशभरका धेरै जिल्लाको जनजीवन प्रभावित भएको छ । हालको तुलनामा भोली बुधबारदेखि भने मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले प्रिमनसुन सिजनको समय भएकोले यो बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन/चट्याङसहित पानी परेको छ ।

प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गरेको छ । दोलखामा पनि कालिञ्चोक शैलुङ लगायतको उच्च क्षेत्रमा केही दिनयता हिमपात भएको छ ।