images
images

जुत्ताभित्र १० तोला सुन लुकाएर ल्याउने सिन्धुपाल्चोकका पुरुष रसुवागढी नाकाबाट पक्राउ

काठमाडौं । जुत्ताभित्र १० तोला सुन लुकाएर ल्याउने सिन्धुपाल्चोकका पुरुष रसुवागढी नाकाबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला पक्राउ परेका हुन् । हिजो अवैध रुपमा लुकाइछिपाइ सुन ल्याउँदै गरेको अवस्थामा रसुवागढी नाकामा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो । धमलाले जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, औंठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्ती टोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको मूल्य १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताउनुभयो । पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा पठाइएको छ ।