images
images

रास्वपा सभापति लामिछानेले भने-‘मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं’

  • ८ चैत्र २०८१, शुक्रबार १४:४९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक गम्भीर अवस्थामा रहेको भन्दै क्रान्तिका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मिहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले क्रान्तिका लागि तयार रहन बताएपनि त्यो कस्तो खालको क्रान्ति हो भन्ने खुलाउनुभएन। उहाँले समय आएपछि मात्रै सो कुरा बताउने धारणा राख्नुभयो । सभापति लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नकै लागि अदालतहरुमा हिँडेको बताउनुभयो ।

लामिछाने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुग्नुभएको थियो । सञ्चारकर्मिले राजावादी आन्दोलनबारे लामिछानेलाई जिज्ञासा राखेका थिए । यस विषयमा प्रतिक्रिया दिन नचाहेका लामिछानेले आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको बताउनुभयो । अहिले बोल्दा दुई तिहाईको सरकारलाई गाह्रो पर्ला भन्दै उहाँले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने जिकिर गर्नुभयो ।