काठमाडौं । २०२० को दशकदेखि नै राजनीतिमा सक्रिय रामेछापका नवराज सुवेदी पञ्चायत कालखण्डमा तत्कालीन राजाका विश्वास पात्र मानिन्थे । हाल ८६ वर्ष भएका सुवेदी २०२४ सालमा सहायक मन्त्री मनोनीत भएका थिए । त्यसको एक वर्षमै उद्योग मन्त्रीमा बढुवा भएका सुवेदी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । उनी रामेछापबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए ।
सुवेदी रामेछाप जिल्लाको पहिलो पञ्चायत सभापति भएका थिए । पञ्चायत कालमा पटक–पटक लाभ लिनेमध्ये उनी एक पात्र हुन् । पञ्चायतका ३० वर्षमा लगातार राष्ट्रिय पञ्चायतको सदस्य हुने दुई जनामध्ये सुवेदी एक थिए । सुवेदी ३० वर्ष लगातार पञ्चायतको सत्ता र शक्तिमा रहे । उनले पञ्चायतमा प्रधानमन्त्री बाहेक लगभग सबै पद पाए ।
२०३८ सालमै गृह तथा पञ्चायत मन्त्री बनेका सुवेदी २०४३ सालको निर्वाचनपछि राष्ट्रिय पञ्चायतका अध्यक्ष चुनिएका थिए । त्यसपछि सुवेदी पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष मनोनीत भएका थिए । अहिले तिनै नवराज सुवेदी ज्ञानेन्द्र शाहलाई फेरि नारायणहीटीको कुर्सीमा फर्काउने अभियानमा छन् ।
२०४६ सालको परिवर्तनपछि राजनीतिबाट टाढिएका सुवेदीले गणतन्त्रमा ज्ञानेन्द्र शाहलाई राजाका रूपमा फर्काउने अभियानको नेतृत्व लिएका छन् । विगतमा ज्ञानेन्द्रसँग उनको सम्बन्ध सुमधुर नभएपनि उनैलाई राजा बनाउने कसरतमा सुवेदी अहिले लागिपरेका छन् । सुवेदी र ज्ञानेन्द्रबीच कहिल्यै राम्रो सम्बन्ध भएन । सुवेदीले ज्ञानेन्द्रसँग आफ्नो सम्बन्ध बिग्रेको किताबमा समेत लेखेका थिए ।
केही घटनाक्रमले ज्ञानेन्द्र सुवेदीसँग रिसाएका थिए । जनमत संग्रहपछि २०३८ को जेठमा राष्ट्रिय पञ्चायतबाट नयाँ प्रधानमन्त्री चुनिने बेला ज्ञानेन्द्रको चाहाना सुवेदीलाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाउने थियो । तर, सुवेदी ज्ञानेन्द्रको चाहाना अनुसार प्रधामन्त्रीको उम्मेदवार नबनेपछि सूर्यबहादुर थापा निर्विरोध प्रधानमन्त्री निर्वाचित भएका थिए । यो घटना सहित केही घटनाक्रमले मनमुटाव भएपछि ज्ञानेन्द्र र सुवेदीबिच कहिल्यै राम्रो सम्बन्ध भएन ।

पञ्चायतमा प्रधानमन्त्री बाहेक प्राय सबै पद पाएका उनलाई अहिले फेरी ज्ञानेन्द्रलाई राजा बनाउन लागिपरेका छन् । राजनीति गर्ने इच्छा छैन भनेर घोषणा गरेका सुवेदी आज ज्ञानेन्द्रलाई राजाका रूपमा पुनःस्थापित गराउने अभियानको नेतृत्व गर्न कस्सिएका हुन् । तर, राजा फर्काउने अभियानको सुवेदीले नेतृत्व गर्नेगरी समिति गठन गर्ने क्रममा राजसंस्था फर्काउने अभियान सुरु नहुँदै राजावादीहरुको लफडा भएको छ ।