images
images

दोलखामा आगलागिका १० घटना: एक पुरूष घाईते, पशु चौपाया जलेर मरे

दोलखा । सुख्खा र हावाहुरीको मौसम सुरु भएसँगै दोलखामा आगलागिको घटनामा वृद्धि भएको छ ।

दोलखामा पछिल्लो एक साताको अवधिमा मात्रै १० वटा अगालागिको घटना भएको छ । चैत महिना सुरु भएपछि मात्रै चार वटा सामुदायिक वन र एउटा वंगुर फार्ममा आगलागि भएको दोलखा प्रहरीले जनाएको छ ।

आगलागिमा परि एक जना घाईते भएका छन् भने केही पशुचौपायामा समेत क्षति भएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका –२ भुमेथानका अन्दाजी ७२ वर्षीय काजी तामाङ आगलागिमा परि घाईते भएका हुन् । उनी यही चैत ४ गते आफ्नै बारीमा अम्रिसो जलाउने क्रममा जंगलमा आगो सल्किएपछि निभाउने क्रममा घाईते भएका थिए । दुवै खुट्टा आगोले जलेर घाईते भएका तामाङलाई च्छोरोल्पा अस्पतालमा उपचारपछि विहिबार काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ ।

आगलागिमा परि एक जना घाईते भएका छन् भने केही पशुचौपायामा समेत क्षति भएको छ । चैत ४ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ घोक्सिलास्थित ईन्द्रबहादुर जिरेलले सञ्चालन गरेको बंगुर फार्ममा आगलागि हुँदा फार्ममा रहेका बंगुर आगोमा जलेका हुन् । विहिबार मात्रै सदरमुकाम चरिकोट नजिकै एक सामुदायिक वनमा आगलागि भएको छ भने ६ गते एकै दिन जिल्लाका विभिन्न ३ वटा सामुदायिक वनमा आगलागि भएको थियो ।

चैत ४ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ घोक्सिलास्थित ईन्द्रबहादुर जिरेलले सञ्चालन गरेको बंगुर फार्ममा आगलागि हुँदा फार्ममा रहेका बंगुर आगोमा जलेका हुन् । फार्ममा ९ वटा बंगुर रहेकोमा दुई वटा जलेर मरेको र ७ वटा जलेर घाईते भएको दोलखा प्रहरीले जनाएको छ । अन्दाजी ४ सय मिटर तल खेतबाट सुरु भएको आगो बंगुर फार्ममा सल्किएको थियो ।

विहिबार मात्रै सदरमुकाम चरिकोट नजिकै एक सामुदायिक वनमा आगलागि भएको थियो । भीमेश्वर नगरपालिका–७ मकैबारी स्थित थाङसे सामुदायिक वनमा आगलागि भएको हो । यसअघि यही चैत ६ गते एकै दिन जिल्लाका विभिन्न ३ वटा सामुदायिक वनमा आगलागि भएको थियो । जिल्लाको कालिञ्चोक गाउँपालिका–७ स्थित श्रीमाला सामुदायिक वन, भीमेश्वर नगरपालिका–९ स्थित सेतिदेवी संरक्षण वन तथा जिरी नगरपालिका–७ खावास्थित हनुमन्ते सामुदायिक वनमा बुधबार एकैदिन आगलागि भएको दोलखा प्रहरीको तथ्यांक छ ।

सबै स्थानका आगो पूर्ण रुपमा नियन्त्रणमा आईसकेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले जानकारी दिनुभयो । हावाहुरीको समय भएकाले मानिसहरुले आफ्नै खेतबारीमा झ्यास जलाउनका लागि बालेको आगो जंगलमा सल्किएर पनि ठुलो क्षति हुने गरेको छ ।

आवरण तस्विर: भीमेश्वर नगरपालिका-५ घोक्सिलामा सामुदायीक बनमा लागेको डढेलोले बङ्गुर फार्ममा भएको आगलागी ।