images
images

कमजोर बन्दै मौसमी प्रणाली, कहिलेदेखि हुन्छ सुधार ?

  • ७ चैत्र २०८२, शनिबार १४:४३

भक्तपुर । हिजोदेखि बदली भएको मौसममा आज बेलुकीबाट क्रमिक सुधार हुँदै जाने अनुमान गरिएको छ ।

हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पछिल्लो २४ घण्टायता देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ। हाल बागमती सहित लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदली भएसँगै दोलखामा पनि हिजो देखि नै वर्षा र हिमपात भएको छ । जिल्लाको कालिञ्चोक, शैलुङ लगाएतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको छ ।

महाशाखाले आज दिउँसो सूचना जारी गरि यो प्रणाली क्रमश पूर्वतिर सर्ने क्रममा रहेको भन्दै सचेत गराएको छ । यद्धपी आज बेलुकादेखि भने सो प्रणाली क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रणाली कमजोर भएसँगै पानी कम पर्ने र मौसममा सुधार आउनेछ ।