images
images

लापिलाङको पहिरो नियन्त्रणका लागि मन्त्रीको सक्रियता, प्रदेश सरकारले पठायो दुई करोडको अख्तियारी

  • ८ बैशाख २०७९, बिहीबार ०८:२३

दोलखा । बागमती प्रदेश सरकारले दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा पहिरो नियन्त्रणका लागि दुई करोड बजेट निकासा गरेको छ ।

वन तथा वातावरणमन्त्री विशाल खड्काको विशेष पहलमा लापिलाङको पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले दुई करोड बजेट खर्चको अख्तियारी दिएको हो । भु तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर मास्केले लापिलाङको पहिरो नियन्त्रणका लागि दुई करोड खर्चको अख्तियारी प्राप्त भएको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ को घट्टेखोला पहिरो नियन्त्रणका लागि ४० लाख, राम्चे पहिरो नियन्त्रणका लागि ४० लाख बजेट खर्चको अख्तियारी दिएको छ । यस्तै बोजोबारी पहिरो नियन्त्रणका लागि ३० लाख, बन्देथली पहिरो नियन्त्रणका लागि ३० लाख, पहिरे सामुदायिक वनमा पहिरो नियन्त्रणमा ३० लाख र बम्पथली पहिरो नियन्त्रणका लागि ३० लाख बजेट खर्चको अख्तियारी दिएको हो ।

वन तथा वातावरणमन्त्री विशाल खड्काको विशेष पहलमा लापिलाङको पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले दुई करोड बजेट खर्चको अख्तियारी दिएको छ । यसअघि पहिरो रोकथामको योजना बनाउनका लागि प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्का र मन्त्रालयका सचिव सहितको टोली पहिरोस्थल पुगेर स्थलगत अवलोकन गरेको थियो । मन्त्री खड्का आर्थिक मामिला र वन मन्त्रालयको सचिव सहित पहिरोस्थलमा पुगेको एक महिनामा पहिरो नियन्त्रणका लागि बजेट खर्चको अख्तियारी आएको हो ।

कार्यक्रम प्रदेश सरकार आफैंले कार्यान्वयन गराउनेछ । स्थानीय तहको समन्वयमा प्रदेश सरकारले उपभोक्ता समिति मार्फत कार्यक्रम कार्यान्वयन गराउने भएको हो । कार्यक्रम कार्यान्वयनका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मार्फत भु तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकमा खर्चको अख्तियारी पठाएको छ । यसअघि पहिरो रोकथामको योजना बनाउनका लागि प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्का र मन्त्रालयका सचिव सहितको टोली पहिरोस्थल पुगेर स्थलगत अवलोकन गरेको थियो । मन्त्री खड्का आर्थिक मामिला र वन मन्त्रालयको सचिव सहित पहिरोस्थलमा पुगेको एक महिनामा पहिरो नियन्त्रणका लागि बजेट खर्चको अख्तियारी आएको हो ।

यसअघि लापिलाङको पहिरोस्थलमा संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरुले पटक–पटक स्थलगत भ्रमण गरेपनि रोकथामको ठोस पहल हुन सकेको थिएन । लापिलाङमा दुई वर्ष देखि गाउँको तल र माथी दुवै तिरबाट पहिरो गईरहेको छ । पहिरोको चपेटामा परेका कालिञ्चोक गाउँपालिका वडा नं. ५ लापिलाङबासीलाई बर्षा सुरु हुनासाथ त्रासले सताउने गरेको छ । लापिलाङ पहिरो बागमति प्रदेशको मेलम्चीको बाढी पछिको सबैभन्दा ठूलो प्रकोप हो । अघिल्लो वर्षको लापिलाङ बन्देथली गाउँको भीरबाट ठूलो पहिरो खस्दा २६ घरपरिवार बिस्थापित भएका थिए । त्यसलाई रानीवन पहिरोको नामले चिनिन्छ । बिस्थापित परिवारको अहिले पनि सामुदायिक भवन र गोठकै बास छ । पहिरोका कारण कतिपय बिस्थापित भएका छन् ।