images
images

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते

  • ८ बैशाख २०७९, बिहीबार १०:५७

ललितपुर । ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो । यद्धपि मृतकको पहिचान खुलेको छैन । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट हुँदा घाईते भएका ५ जनाको उद्धार गरी पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।