images
images

विगुका जनताले मलाई न्याय गर्ने छन्ः अध्यक्षका उम्मेदवार ओली

  • ८ बैशाख २०७९, बिहीबार १२:५८

दोलखा । नेकपा माओवादी केन्द्रको तर्फबाट दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा प्रस्तावित उम्मेदवार सञ्जिव ओलीले विगुको विकास र समृद्धिका लागि बाँकी योजना पुरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै हाल विगुको उपाध्यक्ष रहेका अध्यक्षमा प्रस्तावित उम्मेदवार ओलीले पालिकाको विकासका लागि बाँकी योजना पुरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको हो । उहाँले ५ वर्षको अवधिमा आधारभुत आवश्यकताको पुर्वाधार खडा गरिएको र अबको कार्यकालमा अहिलेसम्म नभएका बाँकी काम गर्न आफु पालिका अध्यक्षको उम्मेदवार बनेको बताउनुभयो । गठबन्धन दलले समेत आफुलाई उम्मेदवार बनाउने विश्वास व्यक्त गर्दै ओलीले जनमत आफ्नो पक्षमा रहेको हुँदा जित निश्चित रहेको दावी गर्नुभयो । गठबन्धन हुन नसकेपनि जनताले आफुलाई न्याय गर्र्नेे विश्वासले आफु एक्लै लड्न पनि तयार रहेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा प्रस्तावित उम्मेदवार सञ्जिव ओलीले विगुको विकास र समृद्धिका लागि बाँकी योजना पुरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । गठबन्धन दलले समेत आफुलाई उम्मेदवार बनाउने विश्वास व्यक्त गर्दै ओलीले जनमत आफ्नो पक्षमा रहेको हुँदा जित निश्चित रहेको दावी गर्नुभयो । अध्यक्षमा उम्मेदवारी दिएका ओलीले जनस्तरबाट आएको गुनासो सम्बोधन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।

अध्यक्षमा प्रस्तावित उम्मेदवार ओलीले यसअघि उपाध्यक्ष हुँदा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको आधारभुत आवश्यकता पुरा गर्ने काम सफलतापुर्वक गरेको दावी गर्दै स्रोतको हिसावले पुरा गर्न नपाएको काम आगामी दिनमा गर्ने उल्लेख गर्नुभयो । विकासबारे फरक–फरक धारणा रहेकाले धेरै आवश्यकता भएपनि न्युन स्रोत हुँदा आवश्यकता पहिचान गर्न निकै ग्राहो भएको भन्दै उहाँले आगामी दिनमा न्यायपुर्ण हिसावले वितरण गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्षमा उम्मेदवारी दिएका ओलीले जनस्तरबाट आएको गुनासो सम्बोधन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।

यसअघिको ५ वर्षमा जनस्तरबाट नसुनेको आवाज सुनेकोे, सिक्नु पर्ने कुरा सिक्दैँ र आफुले सिकेको केही कुरा जनतालाई सिकाउँदै काम गरेको भन्दै उहाँले आगामी दिनमा सरकार र जनअपेक्षाका कुराहरु बुझ्दै, बुझाउँदै अघि बढ्ने उल्लेख गर्नुभयो । अध्यक्षका प्रस्तावित उम्मेदवार ओलीले आफुले नेतृत्वको जिम्मेवारी पाएमा आधारभुत आवश्यकताको साथै जलस्रोतको सदुपयोग गर्न गाउँपालिकोतर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले यसअघि आफु उपाध्यक्ष रहँदा सडक सञ्जाल अधिकांश स्थानमा जोडिसकेको भन्दै भएका सडकलाई स्तरोन्नती गरेर हिउँद र बर्खामा चल्ने वातावरण बनाउने, शिक्षाको क्षेत्रमा उल्लेख सुधार गर्ने, कक्षा ६ देखि १० सम्म विद्यालयमै बसेर पढ्न मिल्ने अवधारण ल्याउने लगायतका काम गर्नुका साथै पालिकाबाट बजेट परिचालन गर्दा अहिलेसम्म भएका कमि कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।