images
images

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

  • ८ बैशाख २०७९, बिहीबार १३:३४

काठमाण्डौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको बैठकले वैशाख १८ देखि २२ गते सम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो । आमसभा सबै प्रदेशको राजधानीहरुमा गर्ने निर्णय भएको छ ।