images
images

सिन्धुलीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल

  • ८ बैशाख २०७९, बिहीबार १८:०३

सिन्धुली । पाँच दलिय गठबन्धनले सिन्धुलीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा टुंगो लगाएको छ ।

गठबन्धनको आज बसेको बैठकले ९ वटै स्थानीय तहमा भागबन्डा लगाएको हो । कांग्रेसले पाँच स्थानीय तह र माओवादी केन्द्रले चार स्थानीय तह प्रमुख लिएर भागबन्डा गरेका छन् । तर नेकपा एकिकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको माओवादीका केन्द्रिय सदस्य राजन दहालले जानकारी दिनुभयो । दुवै दलले स्थानीय तहमा उम्मेदवारी नदिने भएका छन् ।

कमलामाई नगरपालिका–प्रमुख कांग्रेस, उपप्रमुख– माओवादी
दूधौली नगरपालिका : प्रमुख माओवादी, उपप्रमुख कांग्रेस
तीनपाटन गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
फिक्कल गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
गोलन्जोर गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
सुनकोशी गापा : अध्यक्ष माओवादी  उपाध्यक्ष कांग्रेस
घ्याङ्गलेक गापा :अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
मरिण गापा : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
हरिहरपुर गढी :अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस