images
images

निदाईरहेकै बेलामा आगलागी, दुई जनाले गुमाए ज्यान

  • ८ बैशाख २०८३, मंगलवार ०७:५९

भक्तपुर । उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर दुई पुरुषको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको आगोमा जलेर मृत्यु भएको हो ।

आज बिहान करिब पौने ३ बजेबाट अचानक लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । उक्त समयमा उनीहरु सुतिरहेका थिए । सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन  खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिएका छन् ।

यसैगरी आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आगो विद्युत् सर्ट भएर लागेको प्रहरीको अनुमान छ । दमकल, स्थानीय र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।