भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए ।
बुर्लाकोटीका अनुसार निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो । रास्वपाले प्रत्यक्षतर्फ ४० क्षेत्रमा निर्वाचन जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।
जिम्मेवारी पाएका सांसदहरू












