भक्तपुर । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले मंगलबार विहानसम्म ती सवारीका साधनलाई कारवाही गरेको हो । प्रहरीका अनुसार मापसेमा ७७ सवारी साधन कारवाहीमा परेका छन् भने अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्नमा ७७ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
यस्तै, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
कारवाही गरिएका सवारीका साधनबाट २५ लाख १५ हजार ५०१ रुपैँया राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।










