images
images

यी हुन् दोलखामा पुनः दोहोरिएका १४ जनप्रतिनिधि

  • ७ जेष्ठ २०७९, शनिबार ०८:२२

दोलखा । दोलखामा १४ जना जनप्रतिनिधि पुनः निर्वाचित भएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका १४ जना जनप्रतिनिधि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुन् । एउटा पालिकाको प्रमुख, दुई वटा पालिकाको उपप्रमुख तथा ११ वटा वडाको वडाध्यक्षमा पुरानै अनुहार देखिएका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकाका अध्यक्ष तथा भीमेश्वर र जिरी नगरपालिकाका उपप्रमुख दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट छवि लामा पुनः निर्वाचित भएका छन् । यद्धपि उनी बुथ कब्जा गरेर विजयी भएको आरोप छ ।

यस्तै भीमेश्वर नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट कमला बस्नेत दोहोरिएकी छिन् भने जिरी नगरपालिकामा पनि एमालेबाटै कृष्णमाया बुढाथोकी खड्का उपप्रमुखमा निर्वाचित भएकी हुन् । यस्तै, जिल्लाको ६ पालिकाका ११ वटा वडामा वडाध्यक्ष दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । जसअनुसार सबैभन्दा बढी मेलुङ गाउँपालिकाको ३ वडा वडामा वडाध्यक्ष दोहोरिएका छन् भने भीमेश्वर र जिरी नगरपालिकामा २/२ जना, कालिञ्चोक, वैतेश्वर र तामाकोशी गाउँपालिकामा १/१ जना जनप्रतिनिधि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यसरी दोस्रो कार्यलयका लागि पुनः दोहोरिने वडाध्यक्षहरुमा एमाले र कांग्रेसबाट ५/५ जना छन् भने नेकपा माओवादी केन्द्रका एकजना वडाध्यक्ष रहेका छन् ।

दोलखामा १४ जना जनप्रतिनिधि पुनः निर्वाचित भएका छन् । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका १४ जना जनप्रतिनिधि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुन् । एउटा पालिकाको प्रमुख, दुई वटा पालिकाको उपप्रमुख तथा ११ वटा वडाको वडाध्यक्षमा पुरानै अनुहार देखिएका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकाका अध्यक्ष तथा भीमेश्वर र जिरी नगरपालिकाका उपप्रमुख दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् ।

मेलुङ गाउँपालिकाको वडा नम्बर १ मा एमालेबाट ईश्वर कोइराला, वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट कुशुम लामा र वडा नम्बर ७ मा एमालेका उम्मेदवार नवराज खड्का पुन निर्वाचित भएका हुन् । यसैगरी, भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट हरिशरण शिवाकोटी र वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार नविन लामा पुनः दोहोरिएका छन् । जिरी नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा माओवादी केन्द्रका निम्पाल्दे शेर्पा र वडा नम्बर ४ को वडाध्यक्षमा एमालेका पदेमान जिरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसबाट रामप्रसाद मैनाली दोहोरिएका छन् ।

वैतेश्वर गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एमालेका कुमार चाँैलागाई र वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट श्याम कुमार तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्षमा नेपाली कांग्रेसका रामप्रसाद काफ्ले पुनः अर्काे कार्यकालका लागि दोहारिएका छन् । जिल्लाको शैलुङ, विगु र गौरीशंकर गाउँपालिकामा भने कुनै पनि जनप्रतिनिधि दोहोरिएका छैनन् । कतिपय स्थानीय तहमा वडासदस्य पनि दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । उनीहरुको एकिन तथ्यांक आइसकेको छैन ।