images
images

दोलखाको स्थानीय तहमा पुनः ७ महिलाले उपप्रमुखको नेतृत्व गर्दै

जिरी (दोलखा) । दोलखामा यो पटकको स्थानीय तह निर्वाचनमा पनि ७ जना महिला उपप्रमुख तथा उपाध्यक्ष बनेका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत जिल्लाको ९ वटै पालिकाको मतगणना सकिदा यो पटकको निर्वाचनमा पनि ७ जना महिला उपप्रमुख तथा उपाध्यक्ष बनेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दोलखामा ७ जना उपप्रमुख तथा उपाध्यक्ष बन्दा २ जना पुरुष उपाध्यक्ष बनेका थिए । २०७९ सालको सम्पन्न निर्वाचनको परिणाम अनुसार जिरी नगरपालिका र भिमेश्वर नगरपालिकामा यसअघि निर्वाचित भएकै उपप्रमुख पुनः दोहोरिएका छन् । जिरी नगरपालिकामा नेकपा एमालेकी कुष्णमाया बुढाथोकी (खड्का) र भिमेश्वरमा पनि एमालेकै कमला बस्नेत उपमेयरमा पुनः निर्वाचित भएका हुन् । उनीहरुले यसअघि एक कार्यकाल काम गरिसकेका छन् । जिल्लाको बैतेश्वर गाउँपालिका, विगु, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिकाको उपाध्यक्षमा भने नयाँ अनुहारका जनप्रतिनिधि आएका छन् । यसअघि गत स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिका र विगु गाउँपालिकामा २ जना पुरुष उपाध्यक्ष बनेका थिए । यो पटकको निर्वाचनमा बैतेश्वर र विगु दुवै पालिकामा महिला उपाध्यक्ष बनेका छन् ।

दोलखामा यो पटकको स्थानीय तह निर्वाचनमा पनि ७ जना महिला उपप्रमुख तथा उपाध्यक्ष बनेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत जिल्लाको ९ वटै पालिकाको मतगणना सकिदा यो पटकको निर्वाचनमा पनि ७ जना महिला उपप्रमुख तथा उपाध्यक्ष बनेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दोलखामा ७ जना उपप्रमुख तथा उपाध्यक्ष बन्दा २ जना पुरुष उपाध्यक्ष बनेका थिए । यो पटक पनि ७ पालिकामा महिला निर्वाचित हुँदा २ पालिकाको उपाध्यक्ष पुरुषले लिएका हुन् ।

बैतेश्वर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पना उप्रेती निर्वाचित भएकी छन् । यसअघि एक कार्यकाल उपाध्यक्षमा नेकपा माओवादी केन्द्रमा रविचन्द्र आचार्य उपाध्यक्ष बनेका थिए । यसैगरी, विगु गाउँपालिकाको उपाध्यक्षमा एमालेकी देवीका थामी विजयी भएकी छिन् । विगुमा पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका सञ्जिव ओली पालिका उपाध्यक्ष बनेका थिए । यो पटक उनी विगु गाउँपालिकाको अध्यक्ष बनेका छन् । तामाकोशी गाउँपालिकामा उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार सिर्जना सुवेदी विजयी भएकी छन् । उनी नेपाली काग्रेसबाट पालिकाको उपाध्यक्षमा विजयी भएकी हुन् । यस्तै, शैलुङ गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पावती कार्की र मेलुङ गाउँपालिकाको उपाध्यक्षमा गायत्री आचार्य विजयी भएकी छन् । उनीहरु काग्रेसका उम्मेदवारलाई पराजित गर्दै पालिका उपाध्यक्षमा विजयी भएका छन् ।

जिल्लाको गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षमा भने २ जना पुरुष उपाध्यक्ष आएका छन् । जसमा कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी र गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ आएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखामा ७ पालिकामा महिला उपाध्यक्ष बनेका थिए २ पालिकामा पुरुष उपाध्यक्ष बनेका थिए । यो पटक पनि ७ पालिकामा महिला निर्वाचित हुँदा २ पालिकाको उपाध्यक्ष पुरुषले लिएका हुन् ।