images
images

दुबै खुट्टा गुमाएका हरिबहादुरले गरे सगरमाथाको आरोहण

  • ७ जेष्ठ २०८०, आईतवार ०६:३०

काठमाडौं । दुबै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् ।

बुढामगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गरेका हुन् । सन १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्ताको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुमा परेर आफ्ना दुवै खुट्टा गुमाएका थिए । यसअघि पनि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा गरेका थिए । यसवर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष ४ सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको संख्या दोब्बरले बढेको बताइएको छ ।

यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भइसकेको छ । हालसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना वेपत्ता भएको पर्यटन विभागका निर्देशक एवं पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो ।