images
images

बागमती प्रदेश सरकार विस्तारका लागि सहमति

  • ७ जेष्ठ २०८०, आईतवार ११:१९

हेटौँडा । बागमती प्रदेश सरकार विस्तारका लागि सहमति भएको छ ।

सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबन्डा टुंग्याउने सहमति भएको हो । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । मन्त्रीपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो । भागबण्डा मिलेसँगै आजै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसबाट थप चार मन्त्री सरकारमा सहभागी हुने भएका छन् ।