images
images

बागमती प्रदेशमा मन्त्रिमण्डल बिस्तार, ६ जना मन्त्री थपिए

  • ७ जेष्ठ २०८०, आईतवार १४:४५

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेशबाट ४ जना, एकीकृत समाजवादीबाट दुई जना गरी ६ जना मन्त्री थप गरेर मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो । जसअनुसार कांग्रेसबाट रामकृष्ण चित्रकार बिना बिभागीय मन्त्री बनेका छन् । यस्तै, काग्रेशबाट उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, मसिना खड्कालाई बन तथा वातावरण मन्त्रालय, पुकार महर्जनलाई पर्यटन मन्त्रालय र एकीकृत समाजवादीबाट डा.राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दिईएको छ । योसँगै बागमती प्रदेशमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालय सहित ६ मन्त्रालयको जिम्मेवारी पाएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्रालय पाएको छ ।