images
images

प्रतिपक्षीको नाराबाजीकाबीच संसदले दियो राष्ट्रपतिलाई धन्यवाद

  • ८ जेष्ठ २०८१, मंगलवार १३:२१

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति पौडेललाई संसदले धन्यवाद दिएको हो । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको थियो । आज पनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दैै नाराबाजी गरेका थिए ।

सभामुख देवराज घिमिरेले वेल घेराउ गरिरहेका कांग्रेस सांसदहरुलाई राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेश गर्न लागेको भन्दै पटक–पटक आफ्नो आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । तर उनीहरु सांसदहरु नाराबाजीमा रहेका बेला सभामुखले धन्यवाद प्रस्ताव निर्णयार्थ पेश गर्दै सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको हो ।