images
images

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने काभ्रेपलाञ्चोकका एकसहित ४ जना पक्राउ

  • ७ असार २०८१, शुक्रबार ०६:३७

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने काभ्रेपलाञ्चोककी एक महिला सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककी मोनिका लामा, बैतडीका निराजन महरा, भारतका सुजिथ कर र सेफअलि आलम रहेका छन् । काठमाडौँको टोखा नगरपालिका–७ स्थित बसुन्धरा नमुनाटोलमा डेरा गरी बस्दै आएकी पुष्पा भण्डारी उपाध्यायको कोेठाबाट चोरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुष्पाको कोठाबाट २५ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको सुनका गरगहना तथा नगद चोरी गरेका थिए । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।