
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा ४ चालक लागू औषध सेवनकर्ता फेला परेका छन् ।
काभ्रेपलाञ्चोकको प्रहरीले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउने दोलखाका एक सहित ४ चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–३ का अरनिको यातायातका चालक २९ वर्षीय रिमबहादुर कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ का ईभी गाडीका चालक ३२ वर्षीय पासाङ दावा शेर्पा, सोही स्थानकै कालिञ्चोक यातायात प्रालिका चालक २७ वर्षीय नकुल खत्री, काभ्रेको मण्डनदेउपुर गाउँपालिका–९ का ट्रिपर चालक ३२ वर्षीय सरोज हमाल रहेका छन् ।
उनीहरुले लागू पदार्थ सेवन गरेर सवारी चलाएको भन्दै कानुन बमोजिम आवश्यक कारबाहीको लागि पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि कारबाही अघि बढाईएको काभ्रे प्रहरीले जनाएको छ ।