
काभ्रेपाल्चोक । वैदेशिक रोजगार पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपाल्चोक घर भएकी एक महिलालाई प्रक्राउ गरेको छ ।
प्रहरीले काभ्रेको रोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१६ बौद्ध नयाँबस्ती बस्दै आएका ३४ वर्षीया गोमा रानी थोकरलाई पक्राउ परेको हो । उनले आकर्षक तलवको प्रलोभन देखाई दुई जना पिडितहरुबाट १० लाख ३६ हजार रुपैंया लिएर सम्पर्क विहिन भएकी थिइन् । प्रहरीकोमा उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको पप्रहरीले जनाएको छ ।