images
images

बागमती प्रदेशमा प्रतिपक्षी सांसदका योजना थप्ने सहमति

  • ७ असार २०८१, शुक्रबार १५:२५

हेटौँडा । बागमती प्रदेशमा प्रतिपक्षी दलका सांसदहरुको योजनामा बजेट थप्ने सहमति भएको छ ।

सत्तारुढ र प्रतिपक्षी दलबीचको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रतिपक्षी सांसदका योजनामा बजेट थप गर्ने सहमति भएको हो । यो सहमतिसँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ । हेटौँडास्थित मुख्यमन्त्री निवासमा भएको सत्तारुढ र प्रतिपक्षी दलको बैठकको सहमति पछि प्रदेशसभाको अवरोध हटेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलले बजेट असन्तुलित भएको र सच्याउनुपर्ने माग सहित बजेटमाथिको छलफलका लागि बोलाईएको हिजोको प्रदेशसभा बैठकमा अवरोध गरेका थिए ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रतिपक्षका माग सम्बोधन गरिएको भन्दै दलहरुबीच प्रदेशसभाको अवरोध हटाउने र १२ असारभित्रै बजेट पास गरिसक्ने विषयमा सहमति जुटेको जानकारी दिनुभयो । नेपाली कँंग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले पनि सरकारले विकास बजेट थप गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो ।