images
images

किन जान्छ, दोलखामा झ्याप्प झ्याप्प बिजुली ?

दोलखा । दैनिक सयौं मेगावाट विद्युत उत्पादन हुने दोलखा जिल्लामा नियमित विद्युत आपुर्ति नहुँदा समस्या भएको छ ।
विगत केही दिनदेखि जिल्लामा विद्युत आपुर्ति नियमित नहुँदा समस्या भएको हो । विद्युत जोनको रुपमा चिनिने दोलखामा झ्याप्प–झ्याप्प बत्ती जाने आउने समस्याका कारण पनि उपभोक्ताहरु आजित बनेका छन् । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रबाट नियमित विद्युत सुचारु नहुँदा सर्वसाधारण हैरानीमा परेका छन् भने हाई भोल्टेजका कारण विद्युतीय सामाग्रीमा क्षति पुग्ने गरेको छ ।

दोलखा जिल्लावाट ५ सय ६४ मेगावाट बिजुली उत्पादन हुने गर्दछ । यद्धपी विद्युत जोनकै क्षेत्र दोलखामा पटक पटक विद्युतमा समस्या देखिने गरेको छ । जसका कारण स्थानिय आजित भएका हुन् । ३३ केभी प्रशारण लाइन जंगल हुँदै आउने तथा ढल्केबरबाट आउने लाइन धेरै टाढा टाढा पर्ने भएका कारण विद्युत जाने आउने समस्या देखिएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिनुभयो ।३३ केभी प्रसारण लाइनको शव स्टेशन बढीमा २० किलोमिटरको दुरीमा हुनुपर्ने भएपनि दोलखामा ८० देखि ९० किलोमिटर टाढासम्मको दुरीमा रहेका कारण समस्या भएको उहाँले बताउनुभयो । पछिल्लो केही समय यता जिल्लामा बिद्युत नियमित नहुने, झ्याप्प झ्याप्प जाने, हाईभोल्टेज आउने जस्ता समस्या देखिने गरेको छ । मौसम बदली भएर सामान्य हावाहुरी चल्दा र गड्याङगुडुङ गर्ना साथ सदरमुकाम चरिकोट लगायत जिल्लाका अधिकांश स्थानमा बिद्युत आपूर्ति बन्द हुने गरेको छ ।

विद्युत जोनको रुपमा चिनिने दोलखामा झ्याप्प–झ्याप्प बत्ती जाने आउने समस्याका कारण पनि उपभोक्ताहरु आजित बनेका छन् ।३३ केभी प्रशारण लाइन जंगल हुँदै आउने तथा ढल्केबरबाट आउने लाइन धेरै टाढा टाढा पर्ने भएका कारण विद्युत जाने आउने समस्या देखिएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिनुभयो । विशेषगरी प्रदेश क अन्तर्गतका अधिकांश क्षेत्रमा नियमित बिद्युत आपूर्ति हुन सकेको छैन । तामाकोशी पारीको क्षेत्रमा सामान्य समस्या आउना साथ लामोसमय सम्म बिद्युत आपूर्ति बन्द हुने गरेको छ ।

सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, सिंगटी लगायत मुख्य बजार क्षेत्र विद्युत आपुर्तिमा समस्या देखिने बित्तिकै मर्मत सम्भार भएपनि ग्रामीण क्षेत्रमा भने घण्टौं सम्म विद्युत आपुर्ति बन्द हुने गरेको छ । कतिपय ग्रामिण क्षेत्रमा दैनिक ७ – ८ घण्टा सम्म बिद्युत आपूर्ति बन्द भएको उपभोक्ताको गुनासो छ । विशेषगरी प्रदेश क अन्तर्गतका अधिकांश क्षेत्रमा नियमित बिद्युत आपूर्ति हुन सकेको छैन । तामाकोशी पारीको क्षेत्रमा सामान्य समस्या आउना साथ लामोसमय सम्म बिद्युत आपूर्ति बन्द हुने गरेको छ ।मौसम बदली र हावाहुरी चल्दा ११ केभी प्रसारण लाईनमा समस्या हुने र ३३ केभी समेत अवरुद्ध भएर जिरी बजार पनि अन्धकार हुने गरेको छ । जसका कारण जिरी नगरपालिकाको खावा देखि ठुलोपातल, वैतेश्वर गाउँपालिकाका पुरै क्षेत्र अन्धकार हुने गरेको छ ।