images
images

सिन्धुलीका एक पुरुष २६ बर्षपछि पक्राउ

  • ५ श्रावण २०७९, बिहीबार १५:२८

सिन्धुलीमा आगलागी मुद्धामा चार बर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक पुरुष २६ बर्षपछि पक्राउ परेका छन् ।
आगलागी मुद्धामा जिल्ला अदालत सिन्धुलीले २०५३ साल भदौ २३ गते ४ बर्ष कैद सजाय तोकिएका एक पुरुष २६ बर्षपछि पक्राउ परेका हुन् । जिल्लाको साबिक क्यानेश्वर वडा नम्बर ६ हाल हरिहरपुरगढी गाउँपालिका ६ का ५६ बर्षिय डोल्के भनिने चन्द्रमान बम्जनलाई उनको घरनजिकैबाट पक्राउ गरिएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई यही साउन तीन गते पक्राउ गरेको हो । पक्राउ परेका बम्जनलाई फैसला कार्यान्वयनका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।